लोकसेवाको विज्ञापन सच्याउन सांसदको माग, यता आवेदन दिनेहरुको संख्या भने दिनानुदिन बढ्दै

काठमाडौँ , असार २ । विवादमा रहेको लोकसेवाको विज्ञापन सच्याउन सांसदहरले माग गरेका छन् ।

संवैधानिक व्यवस्था एवं समावेशिताको सिद्धान्तअनुसार लोकसेवा आयोगले स्थानीय तहमा आवश्यक कर्मचारीको विज्ञापन नगरेकाले सच्याउन सांसदहरुले माग गरेका हुन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उनीहरूले राज्यव्यवस्था तथा सुशासन समितिको निर्देशन पालना गराउन पनि जोड दिएका छन् ।


सांसद उमाशङ्कर अरगरिया, कलिला खातुन, गङ्गा चौधरी सत्गौवा, चाँदतारा कुमारी, चन्द्रकान्त चौधरीलगायतले यस्तो माग गरका हुन् ।
यता लोकसेवा विवादमै रहदा आवेदन दिनेहरुको भने संख्या दिनानुदिन बढ्दै जान थालेको छ ।

उनीहरुले आफ्नो तयारी समेत गरिसकेका छन् ।


यति यो विज्ञापन रोकेर युवाहरुको भबीष्यमाथि खेलुवाड गरे कडा भन्दा कडा आन्दोलन गर्ने उनीहरुले जनाएका छन् । र योजना पनि बनाइरहेको बुझीएको छ ।


यसैबिच प्रतिनिधिसभामा बोल्दै सांसद खगराज अधिकारी र खेमप्रसाद लोहनीले गुठी विधेयक बाहिर चर्चा गरिएजस्तो धर्म र संस्कृति विरोधी नभएको बताए ।

सांसद गणेशकुमारी पहाडीले सिन्धुलीको कमलामाईलगायत स्थानमा हात्तीले धनजनको क्षति पु¥याएकाले मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरे ।

सांसद गौरीशङ्कर चौधरीले नदीबाट गिट्टी बालुवा पूर्णरुपमा निषेध गरिँदा विकास निर्माणमा असर परेको बताए ।

अर्का सांसद घनश्याम खतिवडाले उत्खनन गरिसकेका खोलामा अब ठेक्का नलगाउने व्यवस्था मिलाउन र मापदण्ड तोकेर मात्र नदीको उत्खनन गरिनुपर्नेमा जोड दिए ।


सांसद जुलीकुमारी महतोले गुठी विधेयकले धर्म र संस्कृतिलाई सभ्य बनाउन खोजेको बताए ।

जनकपुरको गुठीमा धेरै अव्यवस्था रहेकाले त्यसको व्यवस्थापन गर्न यो विधेयक ल्याइएको उनको भनाइ थियोे ।


गुठीको विषयलाई लिएर सकड आन्दोल निकै नै तातेको थियो । विभिन्न स्थानमा विरोध सहित प्रर्दशन समेत गरिउको थियो । यता प्रधानमनत्री ओलीले आज मात्रै यस विधेकलाई परिमार्जन गरिने बताउका छन् ।

प्रतिक्रिया दिनुहोस्