देशैभर गर्मी बढ्यो, मौसमविद् भन्छन् : प्रि-मनसुन लम्बिएका कारण घट्नुपर्ने गर्मी बढ्यो ! तीन दिनसम्म यस्तै हो

काठमाडौं , जेठ ३१ । पछिल्ला दिनमा देशैभर गर्मी बढेको छ । पहाडी भेग भन्दा पनि तराइका जिल्लामा गर्मी अत्याधिक बढेको छ । यरी अत्याधिक गर्मी बढ्दा त्यहाँको जनजिवन निकै अस्तब्यस्त बनेको छ ।

तराईमा उच्च गर्मी भएको र पहाडी क्षेत्रमासमेत दिउँसो गर्मी महसुस भइरहेको हो। पहाडी क्षेत्रमा साँझ बिहान त्यति गर्मी नभएपनि दिउँसो भने उच्च गर्मी नै हुने गर्दछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिपायलमा ४१, धनगढीमा ४०, नेपालगंजमा ३९, सिमरा र विराटनगरमा ३७ डिग्रि सेन्टीग्रेट तापक्रम मापन गरिएको छ।

महाशाखाले आगामी तीनदिनसम्म देशभर गर्मी यथावत रहने बताएको छ। महाशाखाका अनुसार शुक्रबार दिउँसो मध्ये तथा पश्चिमी पहाडी भागमा आंशिक बदली हुनेछ। त्यस्तै पुर्वी भागमा सामान्य बदली हुनेछ।

शुक्रबार राति पनि देशकका मध्य पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। त्यस्तै पुर्वी भागमा सामान्य बदली र बाँकी भागमा आंशिक बदली हुनेछ। पुर्वी भागका केही स्थान र मध्यपश्चिमी क्षेत्रमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ।


त्यस्तै शनिबार दिउँसो देशैभर सामान्य बदली रहने महाशाखाले जनाएको छ। शनिबार राति पनि पूर्वी र पश्चिमी भागमा सामान्य बदली हुनेछ। आइतबार दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पूर्वी तथा पश्चिमी भागका एकदुई स्थानमा मेघ गर्जसहित वर्षा हुने सम्भावना छ।


आइतबार राति पनि देशभर सामान्य बदली रही मध्य तथा पश्चिमी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। पूर्वी तथा मध्य भागका थोरै स्थानमा र पश्चिमी भागका एक(दुई स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ।


तीनदिनसम्म मौसम बदली भए पनि गर्मी नघट्ने मौसमविद् गंगा नगरकोटीले बताइन्। उनका अनुसार मनसुन सुरु हुनेगरी मौसम बदलीको सम्भावना तत्काल छैन।


प्रि(मनसुन लम्बिएका कारण घट्नुपर्ने गर्मी बढ्यो

यसैबिच प्रि(मनसुन लम्बिएका कारण घट्नुपर्ने गर्मी बढेको मौसमविद् नगरकोटीको भनाइ छ।

‘देशभरका थारै ठाउँमा मात्र बादल देखिएको छ, आकास खुला भएपछि घामका किरण सिधै पृथ्वीमा परेका छन्’, उनी भन्छिन्, ‘किरणलाई छेक्ने बादल आकासमा नदेखिएका कारण नेपालका सबै भागमा गर्मी बढेको छ।’
उनका अनुसार मनसुन सुरु भएसँगै गर्मी हट्दै जानेछ।

तर, नेपालमा छिटै मन सुन सुरुहुने छाँट नदेखिएकाले गर्मी बढिरहेको छ। बंगालको खाडीमा आएको चक्रपात सकिएपछि नेपालमा मनसुनको सम्भावना देखिने छ। त्यसपछि मात्र नेपालमा गर्मी कम हुने नगरकोटीले बताइन्।

प्रतिक्रिया दिनुहोस्