विश्व रक्तदाता दिवस विभिन्न कार्यक्रम गरी मनाइयो , दैनिक ‘५० युनिट रगतको अभाव’

काठमाडौं, जेठ ३१ । विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

‘सुरक्षित रगत सबैका लागि’ भन्ने मूल नाराका साथ विश्व रक्तदाता दिवस शुक्रबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको हो ।

दिवसका अवसरमा राजधानीमा ब्लड डोनर्स एसोसिएसनले आयोजना गरेको एक कार्यक्रमका सहभागी विशेषज्ञहरुले एक व्यक्तिको शरीरमा खेर जाने रगतले अर्को व्यक्तिको जीवन जोगाउनसक्ने भएकाले सबै स्वस्थ व्यक्तिले हरेक ६र६ महिनामा रक्तदान गर्न सुझाव दिएका छन् ।

केन्द्रीय रक्तसन्चार सेवाको तथ्यांकमा नेपालमा दैनिक ५० युनिट रगतको अभाव देखिन्छ । नेपालका ७७ जिल्लाबाट १०५ केन्द्रमार्फत् रगत वितरण हुँदै आइरहेको छ ।

मानिसको रक्तसमूह पत्ता लगाउने चिकित्सक काल ल्यान्डस्टिनरको जन्मदिन पारेर सन् २००४ देखि नै हरेक वर्ष विश्वभर रक्तदाता दिवस मनाइने गरिन्छ ।दिवसका अवसरमा आज विभिन्न ठाउँमा रक्तदान गरी पनि मनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्