गुठी विधेयकको विरोधमा विभिन्न ठाउँमा विशाल जनप्रदर्शन, विधेयक तत्काल फिर्ता नलिए देशभर आन्दोलन छेड्न चेतावनी

काठमाडौं, जेठ ३० । गुठी बिधेयकको बिरोधमा ललीतपुरको पाटनवासीले विशाल जनप्रदर्शन गरेका छन् ।

पाटनको कृष्णमन्दिर बाट सुरु भएको जुलुस लगनखेलतिर अघि बढीरहेको छ । प्रदर्शनकारीहरुले गूठी विधेयक फिर्ता लिन माग गरेका छन् । यसरी सरकारले संसदमा गुठी विधेक पेस गरेको भन्दै विभिन्न ठाउँमा विरोध प्रदर्शन भइरहेको छ ।

यसैबचि राष्ट्रियसभामा दर्ता भएको गुठीसम्बन्धी विधेयकबारे प्रतिनिधिसभामा सत्तारुढ र प्रतिपक्षबीच चर्काचर्की भएको छ भने आरोप–प्रत्यारोपको शृंखला पनि बढेको छ ।

त्यतिमात्र होइन, केही समययता सेलाएको संविधान संशोधनको विषयसमेत संसदभित्र चर्को ढंगबाट उठ्न थालेको छ ।

विगत तीनदेखि प्रतिनिधिसभा बैठकमा शून्य र विशेष समयमामात्र नभइ समय लिएर बोल्दा पनि गुठी विधेयक विषयले चर्चा पाएको छ ।

गुठी विधेयकविरुद्ध प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले हरेक दिनजसो सुरुमै समय लिएर बोल्दै विधेयक फिर्ता लिन माग गरिरहेको छ । तर, सत्तारुढ दल नेकपा भने विधेयकको प्रतिरक्षामा उभिएको छ ।

यद्यपि, विधेयकबारे तालुक भूमिसुधार मन्त्रालयले भने नजानेर केही गल्ती भएको भन्दै सच्याउने बताइरहेको छ ।

बिहीबारको बैठकको सुरुमै समय लिएर बोल्दै कांग्रेस सांसद भीमसेनदास प्रधानले काठमाडौंको नेवार उठ्दा व्यवस्था परिवर्तन भएको स्मरण गर्दै गुठीसम्बन्धी विधेयक तत्काल फिर्ता नलिए ओली सरकारको त्यही हालत हुने चेतावनी दिए ।

उनले गुठी विधेयकविरुद्ध देशभर आन्दोलन छेड्ने चेतावनी समेत दिए ।

यता गुठीसम्बन्धी विधेयक तत्काल फिर्ता लिनसमेत प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

विधेयक फिर्ता नलिए संसद र सडकबाट प्रतिवाद गर्ने चेतावनी दिंदै संविधानले गरेको व्यवस्था विपरित सरकारले गुठी सम्बन्धी विधेयक ल्याएको आरोप लगाएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले गुठी विधेयकमार्फत सरकारले ऐतिहासिक, पुरातात्विक, धर्म, संस्कृति र सम्पदा मास्ने षड्यन्त्र गरेको आरोपसमेत लगाए ।

प्रतिक्रिया दिनुहोस्