प्रधानमन्त्री रोजगार कार्यक्रमः खोटाङमा पाए १सय ८० जना बेरोजगार युवाले रोजगारी

काठमाडौं, जेठ २८ । प्रधानमन्त्री रोजगार कार्यक्रमः खोटाङमा पाए १सय ८० जना बेरोजगार युवाले रोजगारी
काठमाडौं, जेठ २८ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले १८० युवालाई रोजगारी दिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १८० जना बेरोजगार यूवाले रोजगारी पाएका हुन् ।

रोजगारी पाएका व्यक्तिले प्रतिदिन ६१० रुपैयाँ पारिश्रमिक पाउनेछन् ।
कार्यक्रममार्फत नगरपालिकाले १५ वटै वडाबाट बेरोजगारको सूचीमा सूचीकृत भएका यूवालाई रोजगारी दिएको मेयर दिपनारायण रिजालले जानए ।

रोजगारी पाएका यूवाले सम्वन्धित वडाभित्रको कच्ची सडकको नाली निर्माण, वडा कार्यालय, स्वास्थ्यचौकी, विद्यालय रंगरोगन गर्ने, विद्यालय वरपर बगैंचा निर्माण गर्ने, फलफूलका बिरुवा रोप्ने लगायतका काममा खटाइएको मेयर रिजालले बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गाउँमै रोजगार गाउँदा स्थानीय उत्साहित छन् । बेरोजगार भएकाले यसरी रोजगार पाउँदा आफुहरुमा केहि उत्साहा आएको बताएका छन् ।

अब भने आफ्नै गाउँ घर मा यसरी रोजगारी पाउँ केहि हद सम्म भए पनि राहात मिलेको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्