आर्ट अफ लिभिङ्गद्धारा नेपाल एपीएफ स्कुलमा चार दिने योगा क्लास संचालनमा

काठमाडौ । नेपाल एपीएफ स्कुलमा आजबाट चार दिने योगा क्लास संचालन भएको छ । आर्ट अफ लिभिङ्गद्धारा नेपाल एपीएफ स्कुल कीर्तिपुरमा योगा क्लास संचालन गरेको हो ।

उक्त क्लास बिहान ७ बजेबाट औपचारिक रुपमा विद्यालयका प्रधानाचार्य अज बहादुर के.सी., विद्यालय समादेशक स.प्र.ना.उ.समेनन्द बज्रचार्य, सहायक प्रधानाचार्य युवराज पराजुली, आर्ट अफ लिभिङ्गका योगा प्रशिक्षक श्रृतिका लोहिया, सशस्त्र प्रहरी कर्मचारीहरु र कक्षा १० का विद्यार्थीहरु बिच सुरु भएको थियो ।

उक्त कार्यक्रममा आर्ट अफ लिभिङ्गका प्रशिक्षकद्धारा कक्षा १० का विद्यार्थीहरुलाई पठन पाठनमा योगा द्धारा कसरी सहयोग हुन सक्छ, तनाव कसरी कम गर्न सकिन्छ त्यस्तै खुसी भएर काम गर्ने तरिकाहरु पठन पाठनमा योगाको उपयोगीता आदि विषयमा विभिन्न ज्ञान तथा शारीरिक व्यायम सिकाईएको थियो । यो कार्यक्रम आज सोमवार देखि शुरु भई मिति ३० गते समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्