गृहमन्त्रीको जवाफ माग्दै कांग्रेसद्वारा संसद अवरुद्ध

काठमाडौं, २७ जेठ । गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा धरपकडको विरोधमा प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद् अवरुद्ध पारेको छ ।

सोमबारको बैठक सुरु भए लगतै कांग्रेसले गुठी विधेयक र त्यसको विरोधमा प्रदर्शन गर्दा गुठियारहरुमाथि भएको धरपकडको विरोध गरे । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले धर्म प्रचारकको टोपी लगाएर सरकारले पुरानत संस्कृतिमाथि प्रहार गरेको आरोप लगाए ।

त्यस्तै भूमिसुधारमन्त्री पद्मा अर्यालले विधेयकबारे जवाफमा मौलिक परम्परा र धर्म संस्कृतिमाथि असर नपर्ने गरी विधेयक आएको र यसबारे भोलिका दिनमा संसदमा छलफल हुने जानकारी दिइन ।

तर, प्रहरी धरपकडबारे गृहमन्त्रीको जवाफ आउनुपर्ने भन्दै कांग्रेस सांसदहरुले अवरोध गरे । सभामुखले गृहमन्त्री सदनमा नभएको भन्दै समय मागेका थिए तर, प्रमुख विपक्षीले अवरोध जारी राखेपछि संसद् बैठक स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्