युरोपमा रहनुभएका प्रधानमन्त्रीले आज समारोहलाई सम्बोधन तथा विभिन्न देशका नेतासँग भेटवार्ता गर्नुहुँदै


काठमाडौ, २७ जेठ । युरोप भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को शतवार्षिकी समारोहलाई सम्बोधन गर्नुहुने देखि लिएर स्वीस सरकारका वरिष्ठ अधिकारी तथा सम्मेलनमा सहभागी विभिन्न देशका नेतासँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ ।

जेनेभाका विभिन्न कार्यक्रमपछि प्रधानमन्त्री ओली सोमबार नै संयुक्त अधिराज्यको औपचारिक भ्रमणका लागि लण्डन प्रस्थान गर्नुहुनेछ । यस अघि प्रधानमन्त्री ओली राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनका लागि जेनेभास्थित नेपाली स्थायी नियोगले आइतबार साँझ गरेको स्वागत समारोहमा सहभागी हुनु भएको थियो ।

प्रधानमन्त्री ओलीलाई जेनेभास्थित नेपाली स्थायी प्रतिनिधि तथा स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराई तथा नियोगका अधिकारीले स्वागत गर्नुभएको थियो ।

त्यसै अवसरमा प्रधानमन्त्रीले देशभित्र र देश बाहिर रहेका सबै नेपालीको दाजु भाई दिदि बहिनीको साथ र सहयोग लिएर देश विकासलाई तीव्ररुपमा अघि बढाउनुपर्ने खाँचो रहेको बताउनु भयो । उहाँले अहिलेको सरकारले त्यो अभिभारालाई ग्रहण गरेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्