राष्ट्रपति भण्डारी भोटो देखाउने जात्रामा सहभागीः भण्डारी जाँदा यस्तोे देखियो (फोटासहित)

काठमाडौं, जेठ २६ । राष्ट्रपति विद्यादेवी भण्डारी रातो मच्छेन्द्रनाथको भोटो देखाउने समारोहमा सहभागी भएकी छिन् ।

गुठी संस्थान ललितपुरका अनुसार भोटो देखाउने समारोहमा राष्ट्रपति भण्डारीसहित विभिन्न विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको छ ।

राष्ट्रपति भण्डारी शीतल निवासबाट जावलाखेलसम्म जाँदा सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको थियो ।

सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो भने सडक पुरै खालि गरिएको थियो ।

भोटोजात्रा हेर्ने क्रममा तीनजना बेहोस भएका छन्। जवालाखेलमा भोटो देखाउन राष्ट्रपति जानेक्रममा चोकचोकमा भरिएको भीडमा गर्मी भएर उनीहरू बेहोस् भएका हुन्।

प्रतिक्रिया दिनुहोस्