ठमेल पर्यटन विकास परिषद्को साधारण सभा सम्पन्न, अध्यक्षमा राणा विजयी
काठमाडौं, २६ जेष्ठ । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा प्रकाशनरसिंह राणा बिजयी भएका छन् । शनिबार भएको परिषद्का् २३/२४ औं साधारण सभाको निर्वाचनले अध्यक्ष पदकालागि राणालाई विजयी गराएका हुन् ।
निर्वाचनमा राणाले ३३३ मत सहित बिजयी भएका हुन् भने उनका निकटतम प्रतिद्धन्दी अर्जुनलाल प्रधानले २१३ र अर्का प्रतिद्वन्दी समिर गुरुङले ३६ मत ल्याए । उपाध्यक्षमा भविश्वर शर्मा, राजुमान डङ्गोल र गिता गुरुङ विजयी भएका छन् । महासचिवमा ध्रुव अधिकारी विजयी भए । सचिवमा बद्रीप्रसाद तिमल्सिना विजयी भएका छन्, भने कोसाध्यक्षमा पुण्यराम लागेजु निर्वाचीत भएका छन् ।
त्यस्तै सदस्यहरुमा सदस्यहरुमा सुरेन्द्र श्रेष्ठ, दिनेश श्रेष्ठ, राजेन्द्र दुवाल, स्वप्निल शर्मा, रुपेश गुरुङ, कर्मा घले, केशव बस्नेत निर्वाचीत भएका छन् । बिजयी हुनेहरुमा राणा प्यानलको बहुमत रहेकोछ ।
वनिर्वाचित अध्यक्ष राणाले विजयी पछि कुरा गर्दै ठमेललाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आफू निरन्तर लागिपर्ने बताए । “ठमेलका स्थानीय बासिन्दा र व्यवसायीको सम्बन्धलाई थप प्रगाढ बनाउन मेरो कार्यसमिति लाग्नेछ”, उनले भने, स्थानीय सरकारको समन्वयमा नमूना ठमेल निर्माणका लागि आफू लाग्ने उल्लेख गरे ।
परिषद्मा ८ सय २ सदस्य रहेका छन् भने १७ सदस्यीय कार्यसमितिका लागि निर्वाचन हुँदैछ । जसमा २ सदस्य मनोनित गर्ने विधानमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्