त्रिभुवन विश्वविद्यालयको ४३औँ दिक्षान्त समारोह सम्पन्न (फोटो फिचर सहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४३औं दीक्षान्त समारोह आज सम्पन्न भएको छ । उक्त समारोहमा आठ हजार विद्यार्थीहरु दीक्षित भएका छन् । पुल्चोक क्याम्पसको मैदानमा भएको ४३औँ दीक्षान्त समारोहमा विद्यावारिधि, एमफिल, स्नातकोत्तर र स्नातक तहका आठ हजार २ सय ६७ विद्यार्थी दीक्षित भएको त्रिविले जनाएको छ ।
समारोहमा एमफिलतर्फ सर्वोत्कृष्ट अंक ल्याउने जनप्रशासन क्याम्पस बल्खुका डम्बर सुवेदी र स्नातकोत्तरतर्फ सर्वोत्कृष्ट अंक ल्याउने गणित केन्द्रीय विभाग, कीर्तिपुरका प्रसन्नकुमार तामाङलाई चान्सलर पदक तथा स्नातकतर्फ सर्वाेत्कृष्ट अंक ल्याउने पुल्चोक क्याम्पस ललितपुरका मणिकुमार शर्मालाई भाइस चान्सलर पदक प्रदान गरिएको थियो ।

४३औं दीक्षान्त समारोह

स्नातकोत्तर तहका विभिन्न विषयमा उत्कृष्ट अंक ल्याउने १५ जना तथा स्नातकका विभिन्न संकायमा उत्कृष्ट अंक ल्याउने आठ जनालाई पनि पदक प्रदान गरिएको थियो । दीक्षित समारोहमा ६२ जनाले विद्यावारिधि प्राप्त गरेका छन् । उक्त समारोहमा प्रमुख अतिथिका रुपमा जबहरलाल नेहरु विश्वबिद्यालयका उप–प्राध्यापक डा. ममिदाला जगदिश कुमार पनि उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्