काठमाडौंको टुँडिखेलमा देखिएको तमुं ल्होसारको रौनक (फोटो फिचर)

काठमाडौं । तमुं ल्होसार गरुङ्ग समुदायको प्रमुख चाड हो । तमुं अर्थात गुरुङ्ग समुदाय ल्होसार भनेको नयाँ बर्ष । गुरुङ्ग समुदायको नयाँ बर्ष तमुं ल्होसार । बर्षको १२ महिना मध्ये हरेक महिना एक–एक जनावर तथा चराचुरुङ्गी गरी १२ वटा जनावरको नाउ“मा यो नामाकरण गरिन्छ । यस बर्ष परेको कुकुर बर्षले गुरुङ्ग संस्कारमा प्रभाव राख्दछ । बिशेष गरी बौद्ध धर्मालम्बीहरुको बुद्धिस्ट समुदायहरुले यस ल्होसार पर्व अत्यन्त उत्साहजनक रुपमा मनाउने गर्छन् । यस पर्वमा परम्परागत पहिरनमा पहिचान झल्किने बिभिन्न बाजागाजा अनि झाँकी सहित बिभिन्न रमाईला गतिबिधिहरु देखिन्छन । आजबाट सुरु हुने नया“ बर्षको हरेक पलहरु शुद्ध अनि धार्मिक हुने विश्वाश गरिन्छ । विश्वभरी छरिएर रहेका नेपालीहरु मध्ये तमुं समुदायहरुले आ–आफ्नो ठाउ“मा भव्यताका साथ मनाउने गर्छन् ।
ल्होसारको दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरू गरिन्छ । साँझ पूजापाठ, भोज भतेर, नाचगान गरी मध्यरातमा वर्ष आयो’ भन्दै नया“ वर्षको स्वागत गरिन्छ । ल्होसारका दिन बिहानदेखि नै ढोग भेट, आशिर्वाद आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर धुमधामका साथ मनाइन्छ ।

तमुं ल्होसार
तमुं ल्होसार
तमुं ल्होसार
तमुं ल्होसार
तमुं ल्होसार
तमुं ल्होसार
तमुं ल्होसार
तमुं ल्होसार
तमुं ल्होसार
तमुं ल्होसार
तमुं ल्होसार
तमुं ल्होसार
तमुं ल्होसार
तमुं ल्होसार
तमुं ल्होसार
तमुं ल्होसार
तमुं ल्होसार
तमुं ल्होसार
तमुं ल्होसार

तस्बिरः मनोज नेपाल

 

प्रतिक्रिया दिनुहोस्