मिडिया काउन्सिल विधेयकः खारेज गर्नुपर्ने भन्दै देशभर सडकमा उत्रिए पत्रकार

काठमाडौँ, जेठ २५ । नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता कुण्ठित हुने गरी सरकारले संसद्मा पेस गरेको मिडिया काउन्सिल विधेयक खारेज गर्नुपर्ने भन्दै देशभर प्रदर्शन गरेको छ ।

नेपाल पत्रकार महासंघको नेतृत्व र विभिन्न सञ्चार माध्यम तथा पेशागत समूहका प्रतिनिधीहरुको सहभागितामा सरकारद्वारा प्रस्तावित मिडिया काउन्सिल विधेयक विरुद्ध विरोध प्रर्दशन भएको हो ।

विभिन्न संचार माध्यमका सम्पादकहरु, नेपाल पत्रकार महासंघका अध्यक्ष तथा पदाधिकारीहरु सहित अन्य सहभागिहरुले मानव साङ्लो निर्माण गरी माइतिघर मण्डलामा एक घण्टासम्म विरोध प्रदर्शन गरेका छन्।

विरोध प्रदर्शनमार्फत पत्रकारहरुले तत्काल प्रस्तावित विधेयक फिर्ता नभएमा सरकार विरुद्ध कठोर दवावमूलक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्