सन्तोष केसी र शर्मिला गुरुङको स्वरमा रहेको मन छुने गीत ‘आत्म हत्या’ अब बजारमा (भिडियोसहित )

पार्वती पाठक – काठमाडौं, जेठ २५ । गीतकार एवम् सगीतकार सन्तोष केसी तथा गायिका शर्मिला गुरुङको स्वरमा रहेको नयाँ गीत ‘आत्म हत्या’ सार्वजनिक भएको छ ।

यो गीत हिजो मात्रै सार्वजनिक भएको हो । सर्जक तथा मोडल कृष्ण सापकोटाको लय, शब्दमा रहेको ‘आत्म हत्या’ गीत निकै मिठो बनेर बजारमा आएको छ ।

लोकपिर्य गायक सन्तोष केसी तथा चर्चीत गायिका शर्मिला गुरुङको आवाजमा रहेको यो गीत निकै मन रहेको छ ।

त्यसै पनि केसी र गुरुङका हरेक गीतले चर्चा बटुल्दै आएका छन् । यस गीतलाई पनि दर्शकहरुले मन पराइदिनेमा आफु आशावादी रहेको हामी संग कुरा गर्दै केसीले बताए ।

गीत बजारमा आएसंगै ब्यापक चर्चामा पुग्न सफल समेत भइरहेको छ । भिडियोमा कृष्ण सापकोटा, रन्जु अधिकारी, सरिता मगर र अभिनाश भट्टको दमदार अभिनय रहेको छ ।

लाखौं परदेशीको वास्तविकता रहेको गीत आत्म हत्याको निर्देशन कपिल लामाले गरेका हुन् भने दिपिक गिरिले छायांकन गरेका हुन् । गीतको भिडियोको सम्पादन शिब पौडेलले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्