अबैध किलनिकहरूको बिगबिगी ह्वात्तै बढ्यो, बन्द गर्न निर्देशन, नगरे कडा कारवाही गर्ने चेतावनी

काठमाडौं, जेठ २५ । प्रकृया मिचेर सञ्चालन भइरहेका निजी स्वास्थ्य संस्थाहरूलाई सात दिनभित्र बन्द गर्न जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले निर्देशन दिएको छ ।

अबैध किलनिकहरूको बिगबिगी ह्वात्तै बढेको भन्दै यस्तो निर्देशन दिइएको हो ।

जनस्वास्थ्यले नवीकरणको लागि पटक–पटक अनुरोध गर्दा पनि बलमिचाई गरेर र जोर जबरजस्ती गरेर अस्पताल र किलनिक सञ्चालन गरिरहेको भन्दै जिल्लाका ८ अस्पताल र ६ पोलिक्लिनिकलाई सात दिनभित्र बन्द गर्न जिल्ला जनस्वास्थ कार्यालय सिरहाले निर्देशन दिएको हो ।

यसमा अटेरी गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
संस्था नवीकरण नगरी सञ्चालन गर्नेमा सगरमाथा मोडेल हस्पिटल प्रालि, धमिनी हस्पिटल प्रालि, रेखा नर्सिङ केयर एण्ड डाइग्नोस्टिक सेन्टर प्रालि सहितका छन ।

लाइफ केयर हस्पिटल प्रालि, डिफाईन हस्पिटल केयर प्रालि, फेण्डस हस्पिटल, कामना नर्सिङ होम, आदित्य मेडिकेयर सेन्टर, वेष्ट राधा कृष्ण डेन्टल क्लिनिक लहान, अलफ्रेण्ड हेल्थ केयर प्रालि र सहलेश पोली क्लिनिकले नवीकरण नगरी स्वास्थ्य संस्था सञ्चालन गरेको पाइएको छ । यस्ता पोली क्लिनिकलाई तत्काल बन्द गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्