त्रिविको अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन जेठ २६ र २७ गते हुने, उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने

काठमाडौं, जेठ २४ । त्रिभुवन विश्वविद्यालयको अन्तर्रा्ष्ट्रिय शैक्षिक सम्मेलन यही जेठ २६ र २७ गते हुने भएको छ । सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने्छिन्।

विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण विषयमा केन्द्रीत रहेर सम्मेलन गर्न लागिएको त्रिविका उपकुलपति तीर्थ खनियाले बताएका छन् ।

सम्मेलन ललितपुरस्थित होटल हिमालयमा हुने भए पनि उद्घाटन राष्ट्रपति निवास शीतलनिवासमा हुने खनियाको भनाइ छ।

त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीका अनुसार सम्मेलनमा पाठ्यक्रम र शिक्षण, अनुसन्धान र अविष्कार तथा उद्यमशीलता र ब्यवस्थापन गरी तीन मुख्य विषयमा प्रस्तुतीकरण हुनेछ।

सम्मेलनमा नेपालसहित अमेरिका, बेलायत, फिनल्याण्ड, भारत, सिंगापुर र जापानका विश्वविद्यालयमा कार्यरत विषय विशेषज्ञहरुले ज्ञान र अनुभव बाँड्ने उनले बताए।

सम्मेलनबाट प्राप्त ज्ञान र अनुभवलाई त्रिविको नीति निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्