इटहरीका मेयर चौधरीविरुद्ध उत्रिए सांसद, फौजदारी मुद्दा लगाउन माग

काठमाडौं, जेठ २३ । पत्रकारको नाक भाँच्ने धम्की दिएर विवाद र चर्चामा आएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीलाई कारबाही गर्न सांसदहरुले माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले मेयर चौधरीले स्वतन्त्र पत्रकारिताको मूल्य मान्यताविपरीत धम्की दिएकाले फौजदारी कानुनअन्तरगत कारबाही गर्न माग गरेका हुन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले पत्रकारलाई भौतिक आक्रमणको धम्की दिने इटहरी नगरपालिकाका मेयर द्वारिकालाल चौधरीलाई कारबाही गर्न माग गरेका छन् ।

सांसद मीना सुब्बाले सुनसरीकै धरान उपमहागरपालिकामा फैलिएको डे्रगुरोगको महामारी नियन्त्रणका लागि तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण गराइन्।

सत्तारुढ दल नेकपाका सांसद विरोध खतिवडाले संसदको शून्य समयमा सांसदहरुले ध्यानाकर्षण गराएका विषयमा सरकारले चासो नदेखाएको भन्दै सरकारको ध्यानाकर्षण गराउन सभामुखसँग माग गरे ।

सत्तारुढ दलका अर्का सांसद सूर्यकुमार पाठकले प्राकृतिक स्रोत–साधनको दोहन गर्न जनप्रतिनिधि नै सक्रिय रहेको आरोप लगाउँदै यस्ता कार्य तत्काल रोक्न सरकारसँग माग गरे ।

प्रतिक्रिया दिनुहोस्