आगामी वर्षलाई वृक्षरोपण वर्षको रुपमा मनाउने सरकारको घोषणा, प्रधानमन्त्रीले रोपे सिंहदरबारमा एभोकाडोको विरुवा

काठमाडौं, जेठ २२ । सरकारले आगामी वर्षलाई वृक्षरोपण वर्षको रुपमा मनाउने घोषणा गरेको छ ।

त्यसैगरी कृषि वनको विस्तार गर्न सरकारी नर्सरीमा न्यूनतम ३० प्रतिशत फलफूलको उत्पादन गर्ने, सदुपयोगको सिद्धान्त बमोजिम खाली र बाँझो जमिनमा फलफूलका विरुवा रोप्ने नीति कार्यान्वयन गर्ने सिलसिलामा बुधबार फलफूलका विरुवा रोपनलाई निरन्तरता दिने कार्यक्रमको शुभारम्भ गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एभोकाडोको विरुवा रोपेर फलफूलको विरुवा रोपण अभियानको सुरुवात गरेका हुन् ।

विश्व वातावरण दिवसको सन्र्दभमा बुधबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोग कार्यालय परिसरमा एभोकाडोको विरुवा रोपेर प्रधानमन्त्री ओलीले ‘एक नेपाली एक फलफूलका विरुवा रोपण अभियानको निरनतरता कार्यक्रम’को औपचारिक उद्घाटन गरेका हुन् ।


‘एक नेपाली एक फलफूलका विरुवा रोपण अभियानको निरनतरता कार्यक्रम’को उद्घाटन समारोहमा सरकारका मन्त्रीहरु, उच्च पदस्थ कर्मचारी, सरकारका सबै निकायका पदाधिकारी लगायतको उपस्थिति थियो । गृहमन्त्री राम बहादुर थापा , खानेपानी मन्त्री विना मगर, उद्योगमन्त्री मात्रृका यादव लगायतले पनि फुलफुलका विरुवा रोपेका थिए ।

लम्जुङ, रोल्पा, पर्वत, उदयपूर र कास्कीमा सबै भन्दा बढी विरुवा रोपिएको जानकारी कार्यक्रममा गराईएको थियो ।

आज विश्व वातावरण दिवसका अवसरमा विभिन्न ठाउँमा वृक्षरोपण गरि मनाइएको छ ।


“स्वच्छ वायु स्वस्थ जीवन” भन्ने नाराका साथ विश्व वातावरण दिवस बुधबार विभिन्न कार्यक्रम गरि मनाइँएको हो ।

दिवसका अवसरमा वातावरणका क्षेत्रमा काम गर्दै आएका संघरसंस्थाले विभिन्न चेतनामुलक र्याली सहित विभिन्न कार्यक्रम गरेका छन् ।


संयुक्त राष्ट्रद्वारा घोषित यो दिवस पर्यावरणप्रति राजनैतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्