फेरि आयो रवि ओडको उत्कृष्ट गीत दिलको फ्रेममा (हेर्नुहोस् भिडियोसहित )

काठमाडौँ , जेठ २२ । दोस्रो नेपाल आइडलबाट चर्चामा आएका गायक रवि ओडको स्वरमा रहेको गीत दिलको फ्रेममा सार्वजनिक भएको छ ।

गीत सार्वजनिक भइरहदा यति बेला यस गीतले बजार निकै तताएको छ । गायिका पुष्पा पौडेलको गीत दिलको फ्रेममा रिलिज भएको छोटो समयमा नै चर्चाको शिखरमा पुग्न सफल भएको छ ।

गायक रवि ओडलाई गतिमा पुष्पाले स्वरमा साथ दिएकी छन् । गीतको म्यूजिक भिडियोको कारण पनि गीत अहिले सर्वसाधारणको ओठ ओठमा झुण्डिन सफल भएको छ ।

रवि ओडका यस अघिका गीतले पनि निकै चर्चा पाएको थियो र यस गीतले पनि पाइरहेको छ ।

वैँशालु उमेरमा युवा युवतीहरु बिच हुने घोचपेच र माया प्रेमको विषयलाई आकर्षक शैलीले बनाइएको भिडियो सार्वजनिक गरिएको छोटो समयमा नै निकै रुचाइएको छ ।

रवि ओड स्वयमले पनि अभिनय गरेको भिडियोको छायांकन नवराज उप्रेतीले गरेका हुन् भने सम्पादन विकाश ज्ञवालीले गरेका हुन् ।

सुरेन्द्र बस्यालको कोरियोग्राफी रहेको गीत ओएसआर डिजिटलबाट बजारमा आएको हो ।

गीतमा देभल भण्डारीको शब्द शृजना छ भने गीतमा दिपक शर्माको संगीत रहेको छ ।

सुब्रतराज आचार्यको निर्देशन रहेको गीतमा पछिल्लो पुस्ताका चर्चित नायक पुष्प खड्का र नायिका आँचल शर्माको दमदार अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्