विश्व वातावरण दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदैछ

काठमाडौं, २२ जेष्ठ । आज ४७ औं विश्व वातावरण दिवस । “स्वच्छ वायु स्वस्थ जीवन” भन्ने नाराका साथ विश्व वातावरण दिवस बुधबार विभिन्न कार्यक्रम गरि मनाइँदैछ । दिवसका अवसरमा वातावरणका क्षेत्रमा काम गर्दै आएका संघ/संस्थाले विभिन्न चेतनामुलक र्याली सहित विभिन्न कार्यक्रम गर्दैछन् ।

संयुक्त राष्ट्रद्वारा घोषित यो दिवस पर्यावरणप्रति राजनैतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाइन्छ । वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो ।

सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी १९७३ देखि बर्सेनि जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउन थालिएको हो ।

देशभर सरकारी तथा गैर सरकारी स्तरले विभिन्न सरसफाई कार्यक्रम गरि यो विश्व वातावरण दिवस मनाइँदै छ । महानगरपालिका, नरपालिका तथा गाउपालीकामा पर्नि यालीसहित जननेताना जागृत गरी आफ्नो टोलमा सरसफाइ गरी यो दिवस मनाइँएको हाम्र सहकर्मीहरु जानकारी दिएका छन् । यस्ता कार्यक्रमले सरसफाइका बारेमा समाजमा सचेता ल्याउने भएकाले समय समयमा यस्ता कार्यक्रमहरु गर्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्