नेकपा सचिवालय बैठकः केन्द्रीय कमिटीको कार्यविभाजन भोलि टुंग्याउने, आज पुर्णता पाएन्

काठमाडौं, जेठ २१ । नेकपाले केन्द्रीय कमिटीको कार्यविभाजक भोलि टुंग्याउने भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बुधबार (भोलि) केन्द्रीय कमिटी सदस्यको कार्यविभाजन टुंग्याउने भएको हो ।

नेकपामा ४ सय ४१ सदस्यीय केन्दीय समिति गठन भएपनि करिब एक वर्षदेखि केन्द्रीय सदस्यहरु कामविहीन थिए।

मंगलबार बालुवाटारमा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी सदस्यको कार्यविभाजनबारे छलफल प्रारम्भ गरे पनि पूर्णता नपाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

‘छलफल प्रारम्भ भएको छ, पूर्णता पाइसकेको छैन,’ श्रेष्ठले भने, ‘भोलि १२ बजे फेरि बैठक बसेर टुंग्याउँछौं।’

बैठकमा ७७ जिल्लाका इन्चार्ज र सह इन्चार्ज तोक्नेबारे छलफल भए पनि सहमतिमा पुगेन।

प्रवासबारे पनि भोलि छलफल गरिने उनले बताए।

सांगठनिक एकीकरणका बाँकी काम बुधबार समय भए छलफल गर्ने नभए अर्को दिन बस्ने सचिवालय बैठकमा छलफल गर्ने श्रेष्ठले जानकारी दिए।


यस्तै आज बिहान पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलसहितको बैठक बसेको थियो।

बैठकमा संगठन कुन विभागको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा छलफल भएको थियो। तर छलफलमा उक्त विषयमा निष्कर्ष निष्कन सकेको सकेन।

उक्त विषयमा सचिवालय बैठकमा पुनः छलफल हुने स्रोतले बताएको छ।

प्रतिक्रिया दिनुहोस्