संसदमा गगन थापाको प्रश्न : वृद्धभत्ताका कार्यक्रमलाई मात्रै हेरेर म खुसी हुँ कि दुःखी ? विष्णु पौडेललाई दिए यस्तो जवाफ

काठमाडौं, जेठ २१ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले आर्थिक वर्ष २०७६÷७७ का लागि संसदमा पेश गरेको बजेटले निराशा बढाएको बताइका छन् ।

दुई तिहाइ बहुमतसहितको बलियो सरकारले अर्थतन्त्र सुधार गर्ने ठोस र दीर्घकालीन योजना पेश गर्नुको साट्टो सानातिन विषयमै अल्झिएको आरोप लगाएका हुन्।

सांसद थापाले सरकारले अघि सारेको सम्मृद्ध नेपाल सुखी नेपालीको नारा बजेटमा प्रतिविम्बित हुन नसकेको बताए ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०७६र७७ को बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद थापाले सरकारको लक्ष्य अनुसार बजेटमा विकासको दर्शन आउन नसकेको टिप्पणी गरे ।

उनले बजेटमा आएका निर्वाचन क्षेत्र र वृद्धा भत्ताका कार्यक्रमलाई मात्रै हेरेर म खुसी हुँ कि दुखी हुँ भनी प्रश्न गरे ।

उनले भने, “म जस्तो एउटा व्यक्ति सांसद भएर खुसी हुँ कि नागरिक भएर दुखी हुँ ? खुसी हुँ कि दुखी हुँ । म अलमलमा परेको छु ।

बलियो सरकारले ल्याएको बजेटमा विकासको प्रस्थान विन्दु गाउँ हो कि शहर हो भन्नेमा नै अन्योल देखिएको तर्क उनले गरे ।

बजेटमा आर्थिक विकासको र राजश्वको लक्ष्य फेला नपरेको, नेकपाको विकास दर्शन र सिद्धान्त फेला नपरेको तथा मन्त्रालयगत प्राथमिकता निराशाजनक भएको टिप्पणी उनले गरे ।

बहुमतको सरकारले मुलुकको आर्थिक विकासका लागि निरन्तरतामा क्रमभंग गरि रुपान्तरणको बाटोमा अघि बढ्छ भन्ने नागरिकको अपेक्षा सम्बोधन गर्न नसकेको दाबी गरे ।

उनले सम्मुन्त अर्थतन्त्रका लागि पर्यटन, राजश्व परिचालन लगायत क्षेत्रमा प्रभावकारी सुधार आउन नसकेको बताए ।

साथै उनले नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन थापाले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले दिएको चुनौतीको जवाफ फर्काएका छन् ।

सोमबारको संसद बैठकमा पौडेलले वृद्धभत्ताकाबारेमा प्रतिपक्षी दललाई हिम्मत भए विरोध गर्न चुनौती दिएका थिए ।

बजेटबारेको छलफलमा भाग लिन मंगलबार संसदको रोस्ट्रममा उभिएका थापाले पौडेलको चुनौतीलाई स्वीकार्ने हिम्मत भएको र सामाजिक सुरक्षा भनेको नगद हस्तान्तरणमात्र होइन भन्ने जिकिर गरे ।

‘हुन त एकजना बलवान् सांसद, जसले बालुवाटारको जगै हल्लाइदिने हिम्मत राख्नुहुन्छ । यहाँ उभिएर चुनौती दिनुभयो, वृद्धभत्ताकाबारेमा बोल्ने हिम्मत छ ?’–उनले भने–‘मेरो हिम्मत छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले बिदा लिँदैगर्दा ६५ वर्षको उमेरमा पाँच हजार वृद्धभत्ता र्पुयाउँछु भनेर भन्दैगर्दा हचुवाको भरमा वृद्धभत्ता बढाउन पाइँदैन भनेर विरोध गरेकोमात्रै होइन । कानुन बनाउँदै गर्दा ७० वर्ष्भित्रलाई आधार वर्ष बनाउनुपर्छ भनेर उमेर झार्न पाइँदैन भनेर कानुन संशोधन गर्न लगाउने सांसद हुँ म ।’

प्रतिक्रिया दिनुहोस्