विद्यार्थीद्वारा लोकसेवा आयोगको हेटौंडा कार्यालय घेराउ, सरकारविरुद्ध लगाए चर्का नारा

काठमाडौं, जेठ २१ । विद्यार्थीहरुले लोकसेवा आयोगको हेटौंडा कार्यालयमा घेराउ गरेका छन् ।

लोक सेवा आयोगले आह्वान गरेको कर्मचारी भर्ना विज्ञापन समानुपातिक नभएको भन्दै विद्यार्थीहरुले आयोगको हेटौँडामा रहेको कार्यालय घेराउ गरेका हुन् । आयोगकको कार्यालय घेराउ गर्दै विद्यार्थीहरुले सरकारविरुद्द चर्का नारा लगाएका छन् ।

संविधान विपरीत आह्वान गरिएको विज्ञापन रद्ध गरी समानुपातिक पद्धति अनुरुप विज्ञापन आह्वान गर्न माग गर्दै विद्यार्थीहरुले आयोगकको हेटौँडामा रहेको कार्यालय घेराउ गरेका हुन् ।


आयोगले आह्वान गरेको विज्ञापनमा समावेशी, दलित र मधेशी वर्गको लागि कुनै स्थान नरहेको भन्दै यसकै विरोधमा विद्यार्थीहरुले कार्यालय घेराउ गरेका हुन्।

संघर्ष समिति नै बनाएर विदार्थीहरुले आयोगको कार्यालय घेराउ गरेको संघर्ष समितिका बालकुमार यादवले बताए ।

आयोगले आह्वान गरेको विज्ञापनमा समावेशी, दलित र मधेशी वर्गको लागि कुनै स्थान नरहेको भन्दै संसदमा समेत यसको विरोध हुने गरेको छ ।

मधेशी नेता कार्यकताले समेत विज्ञापन खारेजी गर्न माग गरेका छन् ।

यता मधेसी आयोगका अध्यक्ष विजयकुमार दत्तले स्थानीय तहका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापनमा त्रुटी रहेको बताएका छन् ।

मंगलबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै दत्तले लोकसेवाको विज्ञापनमा समावेशी ‘क्वास्टर’ नछुट्याउनु त्रुटीपूर्ण भएको बताए । ‘लोकसेवा आयोग पनि संवैधानिक अंग हो, मधेसी आयोग पनि संवैधानिक अंग हो उनले भने, ‘विज्ञापन खुलाएपछि लोकसेवा आयोगमा पुगेर छलफल पनि गरेको छु ।’

आयोगले विज्ञापन खुलाएको विषयमा क्लास्टर नछुटाउँदा त्रुटि देखिएकाले ध्यानाकर्षण गराएको उनले बताए । संविधानको भावना विपरित विज्ञापन भएको बताउँदै उनले आयोगसँग थप छलफल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्