प्रधानमन्त्री ओली जेठ २५ गते युरोप भ्रमणमा जादै, यस्तो छ कार्यक्रम

काठमाडौं , जेठ १९ । प्रधानमन्त्री केपी शर्मा ओली जेठ २५ गते युरोप भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली जेठ २५ गतेदेखि एक हप्ता लामो युरोप भ्रमणमा जाने भएका हुन् ।

प्रधानमन्त्रीले स्विटजरल्याण्ड, बेलायत र फा्रन्सको भ्रमण गरी असार १ गते नेपाल फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार प्रधानमन्त्री जेठ २५ गते स्विटजरल्याण्डको जेनेभामा हुने अन्तर्रा्ष्ट्रिय श्रम संगठनको साधारणसभमा सहभागी हुनेछन् ।

त्यसपछि जेठ २७ गते बेलायतमा अक्सफोर्ड विश्वविद्यालयमा संबोधन गर्ने, नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम छ ।


जेठ २९ गते फ्रान्स जाने प्रधानमन्त्रीले त्यहाँ उच्च स्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्