कर्मचारीलाई बन्द/हडताल गर्न पूर्णरुपमा प्रतिबन्ध लगाउने मन्त्री पण्डितको चेतावनी

काठमाडौं, जेठ १९ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीहरुलाई बन्द र हडताल गर्न पूर्णरुपमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।

मन्त्री पण्डितले बन्दरहडताल गर्ने कर्मचारीलाई उनीहरुले गरेको गल्तीको आधारमा कडा दण्ड सजायको व्यवस्था हुने पनि स्पष्ट पारे।

आइतबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले इमानदार भएर जनताको सेवा नगर्ने कर्मचारीलाई राज्यले दण्डित गर्ने पनि बताए।

मन्त्री पण्डितले ट्रेड युनियनमा आवद्ध हुने कर्मचारीहरुले ड्युटी नगरे पनि हुने मान्यता सरकारलाई स्विकार्य नहुने पनि दोर्होयाएका छन् ।

मन्त्री पण्डितले ट्रेड युनियनमा आवद्ध पदाधिकारीहरुको मर्यादाक्रम विशिष्ट श्रेणीको कर्मचारी सरह हुनुपर्ने माग जायज नभएको पनि जिकिर गरे।

विभिन्न संगठनमा आवद्ध कर्मचारीहरुले आफ्ना मागको सुनुवाई नभएको भन्दै बन्दरहडताल गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्