‘युट्युब ट्रेन्डिङ’ को एक नम्बरमा पर्यो गलबन्दी, जताततै यसकै चर्चा

काठमाडौं, जेठ १८ । भर्खरै मात्र बजारमा आएको प्रकाश सपुत र शान्तिश्री परियारको लोक दोहोरी गीत ‘गलबन्दी’को म्युजिक भिडियो युट्युबमा सर्वा्धिक हेरिएकोमध्ये नम्बर एकमा पर्न सफल भएको छ ।

सार्वजनिक भएको ६ दिन मात्रै हुदाँ शनिबारसम्ममा गीतले ४८ लाख बढी दर्शक ‘भ्युअर्स’ पाएको छ ।

सपूतले अघिल्लो वर्ष निर्माण गरेको लोक गीत ‘बोल माया’ पनि युट्युब ट्रेन्डिङको नं। एकमा आएको थियो । जुन गीत अहिलेसम्म एक करोडभन्दा बढी पटक हेरिएको छ । बोलमायाकै पूर्वभाग ‘प्रिक्वेल’को रुपमा ‘गलबन्दी’ ल्याएको सपुतले बताए ।

गलबन्दीमा पनि शब्द, सङ्गीत, स्वर र श्रव्यदृश्य निर्देशन सपुतकै छ । स्वरमा सपुतलाई शान्तिश्री परियारको साथ छ । म्युजिक भिडियोमा सपुत र अञ्जली अधिकारीको अभिनय छ । भिडियो छायाङ्कन सपुतकै जन्मघर बागलुङ, धम्जामा गरिएको छ ।

‘परम्परागत रोधीको झझल्को आउने गरी गीत बनेको छ’, सपुतले भने, ‘राम्रो प्रतिक्रिया आएको छ, उत्साहित छु ।’ मौलिक शब्द, सङ्गीत र प्रस्तुतीकरणका कारण गीतलाई स्रोता, दर्शकले रुचाएका छन् ।

म्युजिक भिडियोको कथा, सोच र निर्माणपक्षसमेतले गीतलाई न्याय गरेको छ । लोक दोहोरीमा विशुद्ध मानवीय प्रेम र संवेदनाको भाव प्रकट भएको छ । ‘एकदमै रमाइलोका लागि बनाइएको गीत हो’, सपुतले भने, ‘भिडियोमा नयाँपन दिने प्रयास गरेको छु ।’

कथात्मक शैली, सिर्जनशीलता, अनौपचारिक प्रस्तुति, ठेट सम्वाद र जीवन्त अभिनयले दर्शक गीतमा लोभिन्छन् । सपुत चञ्चले युवक र अधिकारी लज्जालु युवतीका रुपमा म्युजिक भिडियोमा देखिएका छन् ।

गीतको मर्म र भावलाई भिडियोमा मौलिक ढङ्गले उतार्न निर्देशकका हिसावले पनि सपुत सफल देखिनुभएको छ । भिडियो हेर्ने जो कोहीलाई कलाकारको अभिनय बनावटी लाग्दैन ।

गीत सार्वजनिक भएसंगै यति बेला सामाजिक संञ्जाल तथा टीकटकमा यसगीतकै चर्चा रहेको छ । यो गीतलाई स्रोता दर्शकले अत्याधिक रुचाएका छन् ।

https://www.youtube.com/watch?v=QNInfBuBcOA&list=RDQNInfBuBcOA&start_radio=

प्रतिक्रिया दिनुहोस्