डोल्पामा यार्सा टिप्न गएका तीन जनाको मृत्यु
काठमाडौ, १८ जेठ । डोल्पामा यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु भएको छ । डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने पाटनमा यार्सागुम्बा टिप्न गएका जाजरकोटका दुई जनाको लेक लागेर मृत्यु भएको हो ।
लेक लागेका बारेकोट गाउँपालिका–१ का १८ वर्षीय कृष्ण विकलाई उपचारका लागि फोक्सुण्डो ताल नजिक पर्ने रिग्मो गाउँमा ल्याइपुर्याउँदा शनिबार बिहान मृत्यु भएको र जाजरकोट जिल्लाकै वर्ष २२ का रमेश चलाउनेको शुक्रबार प्यारी भोक्पा भन्ने ठाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै डोल्पाको ठूलीभेरी नगरपालिका–१ का वर्षीया ३८ का बुद्धि कार्कीको गएको बिहीबार दुना यार्सापाटनमा भिरबाट लडेर मृत्यु भएको थियो । लेक लागेर बिरामी पर्नेकोे सङ्ख्या बढ्दै गएकाले सर्वसाधारण धमाधम घर फर्कन थालेको बताइएको छ ।
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जनाए अनुसार गएको वैशाखदेखि हालसम्म जम्मा पाँच जनाले ज्यान गुमाइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्