भारतमा मन्त्री मण्डलको कार्यविभाजन, विदेशमन्त्रीमा जयशंकर, गृहमा शाह, अरु को–को बने ?
जागरण संवाददाता, काठमाडौ., १७ जेठ । हिजो गठन भएको भारतको मन्त्रिपरिषदको आज (शुक्रबार) कार्य विभाजन गरिएको छ । भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह नयाँ गृहमन्त्री बनेका छन् भने पूर्व गृहमन्त्री राजनाथ सिंहलाई रक्षा मन्त्रालयको जिम्मेबारी दिइएको छ ।
पूर्व विदेश सचिव एस जयशंकर मोदी सरकारका विदेश मन्त्री बनेका छन् । त्यस्तै, निर्मला सिता रमन अर्थ, रवि शंकर प्रसाद कानुन, नरेन्द्र तोमक कृषि, स्मृति इरानी महिला तथा बाल विकास, प्रकाश जाभेदकर सूचना तथा प्रसार, पियुस गोयल रेल मन्त्री, नितिन गडकरी सडक परिवहन मन्त्री बनेका छन् ।
२५ क्याविनेटसहित ५८ सदस्यीय मन्त्रिपरिषद्लाई बिहीबार करिव ६ हजार आमन्त्रित व्यक्तिहरुको उपस्थितिमा राष्ट्रपति भवन अगाडिको चउरमा राष्ट्रपति रामनाथ कोबिन्दले शपथ गराएका थिए । भारतको लोकसभाको चिर्वाचनमा भारतीय जनता पार्टीले अत्याधिक बहुमत ल्याएपछि प्रधानमन्त्री मोदी सहित नयाँ मन्त्रीमण्डल गठन भएको हो ।
भारतमा पूर्वविदेश सचिव एस जयशङ्कर विदेश मन्त्री बनेपछि त्यसप्रति नेपालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन्।
दोस्रो संविधानसभाले संविधान जारी गर्नुअघि भारत सरकारका विशेषदूतको हैसियतमा काठमाण्डू आएका जयशङ्करले संविधान जारी गर्ने मिति पर धकेल्न सरकारलाई आग्रह गरेको बताइन्छ।
तत्कालीन सरकार तथा प्रमुख प्रतिपक्षी दलले भारतीय आग्रहलाई ठाडै अस्वीकार गरेपछि रुष्ट बनेको दक्षिणी छिमेकीले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको धेरैको बुझाइ छ।
प्रतिक्रिया दिनुहोस्