प्रधानमन्त्री ओली दिल्लीमा, विदेश मन्त्रालयका सचिव शर्माले गरे स्वागत

काठमाडौं, जेठ १६ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सरिक हुन प्रधानमन्त्री केपी ओली नयाँ दिल्ली पुगेका छन् ।

प्रधानमन्त्री ओली बिहीबार अपरान्ह ३ बजे दिल्लीको गान्धी अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडानबाट विमानस्थल अवतरण गरेका प्रधानमन्त्री ओलीलाई भारतीय विदेश मन्त्रालयका सचिव ए गितेश शर्माले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न नेपाली राजदूत निलाम्बर आचार्य र नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी समेत पुगेका थिए ।

प्रधानमन्त्री ओली बिहीबार साँझ भारतीय राष्ट्रपतिको कार्यालयमा हुने मोदीको सपथ ग्रहण समारोहमा सरिक हुनेछन् । प्रधानमन्त्री ओलीको टोलीमा प्रमुख परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र परराष्ट्र सचिव शंकरदास बैरागीसहित उच्च अधिकारीहरु रहेका छन् ।

दोश्रोपटक प्रधानमन्त्री भएयता ओलीको यो दोश्रो भारत भ्रमण हो । यसअघि ओलीले २०७४ साल चैत्रमा भारत भ्रमण गरेका थिए । ओली शुक्रबार ३ः४० मा स्वेदश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्