एक हजार एक सय नौ जना संविधानसभा पदबाट विभुषित ( नामावली सहित)

काठमाडौं, १६ जेष्ठ । सरकारले पहिलो र दोस्रो संविधानसभामा संविधान निर्माणमा सहयोग पर्याएका एक हजार एक सय नौ जनालाई संविधानसभा पदबाट विभुषित गरेको छ ।

गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति निवास शितल निवासमा संविधानसभाका सदस्यलाई संविधान निर्माणमा योगदान पुर्याएबापत संविधानसभा पदकबाट विभुषित गरिएको गृहमन्त्रायका सहसचिव महादेव पन्तले जानकारी दिए ।

‘पहिलो र दोस्रो संविधानसभामा सदस्यहरुलाई संविधान निर्माणमा खेलेको भूमिकाको कदर गर्दै संविधानसभा पदकबाट विभुषित गरिएको हो,’ सहसचिव पन्तले डिसी नेपालसँग भने ।

पहिलो चरणको पदक वितरण कार्यक्रम सकिएको छ भने दोस्रो चरणको पदक वितरण बिहीबार दिउँसो दुई बजेबाट सुरु हुने राष्ट्रपतिको निजी सचिवालय सदस्य दीपा शर्माले जानकारी दिइन्।

संविधानसभा पदक पाउने पहिलो र दोस्रो संविधानसभा सदस्यहरु हुन्। पदक पाउने मध्ये एक नम्बरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, सभामुख कृष्णबहादुर महरा, पूर्व राष्ट्रपति डा। रामबरण यादव, पूर्वप्रधानमन्त्रीहरुलगायतको नाम वरियताका आधारमा राखिएको छ।
राष्ट्रपतिबाट पदक पाउनेमा सरकारद्वारा प्रतिवन्धित विप्लव समूहका तीन जना नेताको पनि नाम छ। विप्लव समूहका नेता खड्गबहादुर विश्वकर्मा, उमा भुजेल र सन्तोष बुढा मगररहेका छन् ।


पदक पाउनेको नामावली यसप्रकार छ । हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् https://jagarannews.com/wp-content/uploads/2019/05/Name_List.pdf

प्रतिक्रिया दिनुहोस्