काठमाडौं  – के सामुदायिक विद्यालय कमजोर छन् भन्ने ठान्नुभएको छ ? कतिपय सामुदायिक विद्यालयको प्रगति देख्दा त्यस्तो ठान्नु नितान्त गलत हुनेछ । किनकी केही सामुदायिक विद्यालय जलविद्युत् आयोजनामा समेत लगानी गर्न सक्ने भइसकेका छन् ।

बुटवल उपमहानगरपालिका–१० कालिकानगरस्थित कालिकाशरण माविले म्याग्दीको घारखोला जलविद्युत् आयोजनामा रु नौ लाख ५० हजार लगानी गरेको छ । कानूनीरुपमा शुल्क उठाउन नपाउने सामुदायिक विद्यालयले चन्दा सहयोग र अतिरिक्त आम्दानीलाई उपयोग गरी कालिका माविले गुणस्तरमा समेत नमूना प्रस्तुत गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गलामीले आफ्नो छोराको विवाहको भोज खर्च कटाएर सो रकम आयोजनालाई दिई त्यसको शेयर सदस्यता विद्यालयलाई हस्तान्तरण गरेका छन्