मोटोपनबाट हैरान हुनुहुन्छ ? अब अप्नाउनुस् यी उपाय

काठमाडौं, जेठ १५ । व्यस्त जीवनशैलीका कारण अधिकांश मानिस शारीरिक अभ्यास गर्न पाउँदैनन् । जसका कारण मोटोपन तथा तौल बढ्ने समस्या देखिन्छ । यसको सम्बन्ध खानपान तथा दिनचर्यामा निर्भर हुन्छ । फेइङसुईका अनुसार यी उपाय गरे केही हदसम्म मोटोपन तथा तौल बढ्ने समस्या नियन्त्रण गर्न सकिन्छ ।

किचेनको भित्तामा लाइट रंग लगाउनुस्

मानिसको भोकको सम्बन्ध रंगसँग हुन्छ । रातो तथा भड्किलो रंग देखेर हामीलाई अधिक भोक लाग्छ । त्यसकारण किचेन तथा डाइनिङ कोठाको भित्तामा यस्तो कलर लगाउनु हुँदैन । यी कोठाका भित्तामा लाइट रंग लगाउनुस्, ताकि यहाँ बसेर भोजन गर्दा बढी खानबाट बच्न सकियोस् ।

कालो र निलो रंगको प्लेट तथा टेबुल कपडा प्रयोग गर्नुस्

तपाईंको प्लेट तथा टेबुल कपडाको रंग रातो र भड्किलो हुनुहुँदैन । यसको सट्टा कालो र निलो कलरको प्लेट तथा टेबुल कपडा प्रयोग गर्नुस्, यसले भोक नियन्त्रण रहन्छ । परिणामस्वरू तौल पनि नियन्त्रण राख्छ ।

किचेन व्यवस्थित बनाउनुस्

आफ्नो किचेन व्यवस्थित बनाउनुस् । अनावश्यक वस्तुलाई हटाउनुस् । किचेनमा खानेकुरा मात्रै राख्नुस् ।

टेबुलमा बस्नेबित्तिकै खाना नखानुस्

टेबुलमा बस्नेबित्तिकै खाना सुरु नगर्नुस् । फेइङसुईका अनुसार, ध्यान गरेर मात्रै सन्तुष्ठिपूर्वक भोजन गर्नुपर्छ । यसो गर्दा स्वास्थ्य राम्रो हुन्छ र शरीरमा बोसोको मात्रा बढ्दैन ।

पेट टन्न हुने गरी नखानुस्

ओभर इटिङबाट बच्न पेट टन्न हुने गरी नखानुस् । यस्तै, डाइनिङ टेबुल तथा किचेनमा ताजा फलफूल राख्नुस् ।

फ्रिज र डाइनिङ टेबुलको सामुन्ने ऐना राख्नुस्

वजनलाई नियन्त्रण गर्न फ्रिज र डाइनिङ टेबुलको सामुन्ने ऐना राख्नुस्। यस्तै, सूर्यको प्रकाश किचेन तथा डाइनिङ क्षेत्रमा आउने कुरामा समेत ध्यान दिनुपर्छ ।

आउँदा–जाँदा दृष्टि पर्ने ठाउँमा जुत्ता राख्नुस्

फेइङसुईका अनुसार शरीरको तौल घटाउन घरमा आउँदा–जाँदा दृष्टि पर्ने ठाउँमा जुत्ता राख्नुस्।

स्वस्थ देखिने मानिसको तस्बिर घरमा टाँस्नुस्

आफ्नो घरमा ती व्यक्तिको तस्बिर टाँस्नुस्, जो स्वस्थ देखिन्छन् । ताकि तपाईंलाई पनि उनीहरूलाई देखेर फिट रहन प्रेरित गरोस्

क्यालोरीको मात्रा कम भएको खानेकुरा खानुस्

मोटोपन हुन तथा तौल बढ्न नदिन क्यालोरीको मात्रा कम भएको खानेकुरा खानुस् ।

शारीरिक अभ्यास गर्दा सेतो कपडा लगाउनुस्

शारीरिक अभ्यास गर्दा सेतो रंगको कपडा लगाउनुस् । यो रंगले शारीरिक सक्रियताका लागि प्रेरित गर्छ । गाढा कलरको कपडा लगाउँदा थकान महसुस हुन्छ ।- एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्