जेलमा रहेका रेशम चौधरी अस्वस्थ, के भयो ?

काठमाडौं, जेठ १५ । कैलालीको टीकापुर घटनाको मुख्य दोषी रहेका काठमाडौंको डिल्लीबजार जेलमा रहेका रेशम चौधरी अस्वस्थ भएका छन् ।

उनको छातीमा इन्फेक्सन भएपछि उनको स्वास्थ्यमा समस्या आएको राजपा नेपाल अध्यक्षमण्डलका संयोजक अनिलकुमार झाले बताए । संयोजक झा रेशम चौधरीको अवस्था बुझ्न सदरखोर जेलमा गएका थिए ।

रेशम चौधरीको अवस्थाबारे संयोजक झाले कारागार विभागलाई जानकारी गराएको र विभागले उपचार उचित गराउने गराउने प्रतिबद्धता जनाएको छ ।

यता विभागका महानिर्देशक हरिप्रसाद मैनालीले चौधरीको उपचार भइरहेको जानकारी दिएका छन् । उनले यसअघि पनि अस्पतालबाट जँचाएर ल्याएको बताउँदै अहिले अवस्था सामान्य रहेको बताए ।

तर, रेशम चौधरीकी श्रीमती रन्जिता (श्रेष्ठ) चौधरीले उनलाई अस्पताल भर्ना गरेर राख्नुपर्ने माग गरेकी छिन् ।

कैलालीको टीकापुर घटनाको मुख्य दोषी रहेको भन्दै कैलाली जिल्ला अदालतले उनलाई जन्मकैदको फैसला सुनाएको छ ।

२०७५ फागुन २१ गते कैलाली जिल्ला अदालतमा बहस हुँदा उनीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाइएको थियो ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामा एकबालक सहित आठजनाको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्