सम्पदाको पनि स्वास्थ्य जाँच

काठमाडौं ।मानिस, जनावर तथा कृषिवालीको स्वस्थ्य जाँच भएको त देखिएकै हो तर अहिले भौतिक संरचनाको पनि स्वस्थ्य जाँच गर्ने प्रविधि विकास भएको छ ।

विदेशमा पहिल्यै प्रयोगमा आइसकेको यो प्रविधि नेपालमा भने जापानको एमआई विश्वविद्यालयले हालै भित्र्याएको हो । ०७२ को भूकम्पले विशेषगरी उपत्यकाका सम्पदा ध्वस्त बनायो । कति पातालमा भासिए, कति भग्नावशेषमा परिणत भए केही सम्पदा भने भूकम्पले क्षति नपुर्याएको पनि देखियो ।

हेर्दा क्षति नपुगेको सम्पदा भित्रभित्रै कमजोर र कुनै पनि बेला भत्कन सक्ने अवस्थामा पुगेका छन् । कि भनेर अध्ययन गर्नु नै सक्पदाको स्वास्थ्य जाँच हो ।

प्रतिक्रिया दिनुहोस्