गणतन्त्र दिवसका अवसरमा ४ सय ३४ कैदी छाडिँदै
काठमाडौँ, १५ जेठ । आज गणतन्त्र दिवसका अवसरमा ४३४ कैदी छाडिँदै छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा गणतन्त्र दिवसका दिन बुधबारदेखि लागू हुने गरी ४ सय ३४ जना कैदीलाई बाँकी कैद सजाय मिनाहा गर्दै छाड्ने भएको हो । उनीहरू आजै गणतन्त्र दिवसका अवसरमा छुटदैछन् । मन्त्रिपरिषदले गृह मन्त्रालयको प्रस्तावमा गणतन्त्र दिवसका उपलक्ष्यमा ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका कैदीको बाँकी कैद सजाय मिनाहा गरी रिहा गर्ने निर्णय गरेको हो ।
गम्भीर प्रकृतिको अपराधमा सजाय भुक्तान गरिरहेका कैदीले भने यस्तो कैद सजायको छुट पाउने छैनन् । कानुनअनुसार राष्ट्रिय उत्सवका दिन गणतन्त्र दिवसमा ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदी गम्भीर प्रकृतिको अपराधमा सजाय भोगिरहेकाबाहे को बाँकी सजाय मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट माफी दिने घोषणा भएको जानकारी गृह मन्त्रालय स्रोतले दिएको हो । यो परम्परा चलिआएको छ र
प्रतिक्रिया दिनुहोस्