एक वर्षदेखि प्राथमीक स्वास्थ्य चौकी डाक्टरविहिन, स्थानीय सेवा पाउन बाट बञ्चित

काठमाडौं, जेठ १४ । डोटीको एक प्राथमीक स्वास्थ्य चौकी एक वर्षदेखि डाक्टरविहिन अवस्थामा रहेको छ । यसरी स्वास्थ्यचौकी डाक्टरविहिन हुदा त्यहाँका स्थानीयहरु सेवा पाउन बाट वञ्चित हुन पुगेका छन् ।

स्वास्थ्य केन्द्रमा एमबीबीएस डाक्टरको दरबन्दी रहेको छ । डाक्टर नहुँदा त्यहाँका स्थानीयले सामान्यदेखि जटिल प्रकारका रोगको उपचारका लागि घण्टौँ लगाएर दिपायल, सिलगढी तथा जिल्ला बाहिर जानुपर्ने अवस्था आएको स्थानीय बमबहादुर बमले बताए ।

डोटी जिल्लाको दक्षिण क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकामा रहेको केदारअखडा प्राथमिक स्वाथ्य केन्द्रमा डाक्टर नआएको एक वर्ष बितिसकेको हो । ।

यस प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दी भएपनि एक वर्षदेखि डाक्टर नआउँदा स्थानीयहरु स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएका हुन् ।

स्वास्थ्य केन्द्रमा एकजना डाक्टरसहित अन्य १२ जना कर्मचारीको दरबन्दी रहेकोमा हाल १० जना मात्रै कर्मचारीहरु कार्यरत रहेका छन् । डाक्टर नभएपछि अन्य कर्मचारी पनि कार्यालयमा नियमित नआउने गरेको स्थानीयको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्