प्रधानमन्त्री ओलीको विप्लवलाई प्रश्नः बम पड्काउने आतंककारी समूहलाई के चाहिएको हो ?

काठमाडौं, जेठ १३ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको माग के हो भनेर प्रधानमन्धी केपी शर्मा ओलीले प्रश्न गरेका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगको १९ औं वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले भने ‘हिजो बम पड्काउने आतंककारी समूहलाई सोध्न चाहन्छु माग के हो ? भनि प्रश्न गरे ।

प्रधामन्त्री ओलीले संविधान बमोजिम निर्वाचनमार्फत सरकार बनेको भन्दैे अब के चाहियो भनी प्रश्न गरेका हुन् । उनले बम हानेर आतंकित पार्ने र लुटपाटका लागि क्रान्तिको नाम लिने यो मानव अधिकारका लागि खतरनाक पक्ष भएको बतााए ।

विप्लव समूहको उद्देश्य पैसा उठाउने बाहेक केही पनि नभएको पनि उनले जिकिर गरे । प्रधानमन्त्री ओलीले नेपाललाई मानवअधिकारमा कमजोर भएको देश हुन नदिने स्पष्ट पारे । विप्लवले देशका विभिन्न क्षेत्रमा बम विस्फोट तथा आगजनी गरिरेको छ ।

यसले गर्दा सर्वसाधारणमा त्रास समेत फैलिएको छ । विप्लवलाई वार्ता बाटै समस्याको समाधान हुने सरकारले बताउदै आएको तर विप्लवले भने कुनै चासो देखाएको छैन ।

प्रतिक्रिया दिनुहोस्