हिंसा त्याग्ने संकल्प गरे सरकारले विप्लवसँग वार्ता गर्छः सञ्चारमन्त्री

काठमाडौं, जेठ १३ । हिंसा त्याग्ने संकल्प गरे नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न सरकार तयार हुन संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बताएका छन् ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले हिंसा जारी राखे त्यसलाई नियन्त्रण गर्ने दायित्वबाट सरकार पछि नहट्ने पनि स्पष्ट पारे ।

सोमबार संघीय संसद भवन परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सरकारले शान्तिपूर्ण राजनीतिमा आउनेलाई सधैं सम्मान गर्ने पनि स्पष्ट पारका छन् ।

मुलुकको शान्ति सुरक्षा कायम गर्न र नागरिक सुरक्षाको प्रत्याभूति गराउने दायित्व भएकाले सरकारले त्यस्ता हिंसात्मक गतिविधिलाई कडाइका साथ नियन्त्रण गर्नुको विकल्प नरहेको पनि मन्त्री बास्कोटाको भनाई रहेको थियो ।

शान्तिपूर्ण राजनीति गर्नेमाथि सम्मान गर्ने संवैधानिक व्यवस्था भएकाले सरकार सोही अनुसार अघि बढने पनि मन्त्री बास्कोटाले बताए ।

मन्त्री बास्कोटाले सरकारको कुनै पनि राजनीतिक शक्तिलाई नियन्यणमा लिने चाहना, उद्देश्य र लक्ष्य नभएको पनि स्पष्ट पारे ।
उनले चन्द नेतृत्वको नेकपाको हिंसात्मक गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाएकाले त्यसलाई फिर्ता लिनै नसक्ने अडान समेत दोहो¥याए ।

प्रतिक्रिया दिनुहोस्