सविनको ‘ए सोल्टिनी’ ट्रेलर सार्वजनिक (भिडियोसहित)

काठमाडौ । निमा लामा तामाङले निर्देशन गरेको फिल्म ‘ए सोल्टिनी’ फिल्मको पोस्टर, गीत र ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ । दिलकुमार घलान तामाङले निर्माण गरेको फिल्म जिम्बा फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको हो ।

सविन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ, ज्ञानबहादुर जिम्बा, गंगा रानामगर, अनिता गोले, बिबि रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङ लगायतका कलाकारले फिल्ममा अभिनय गरेका छन् ।

कार्यक्रममा फिल्मका निर्देशक निमा, निर्माता दिलकुमार, अभिनेता सविन, अर्जुन, द्धन्द्ध निर्देशक योगेन्द्र श्रेष्ठ लगायतले संयुक्त रुपमा ‘ए सोल्टिनी’को पोस्टर सार्वजनिक गरेका थिए । सार्वजनिक ट्रेलरमा कमेडी र प्रेम प्रस्तुत गरिएको छ ।

निर्माता दिलकुमारले ‘ए सोल्टिनी’ पहिला बिभिन्न देशमा बिशेष शो गरिने र त्यसपछि मात्रै नेपालमा प्रदर्शन गरिने जानकारी दिए । यस्तै, निर्देशक निमाले ‘ए सोल्टिनी’ निकै रमाइलो फिल्म भएकाले दर्शकले मन पराउने बिश्वास ब्यक्त गरे ।

अभिनेता सविनले फिल्मको स्क्रिप्ट मन परेकाले अभिनय गरेको बताउँदै नयाँ टिमसँग काम गर्दा बेग्लै अनुभव भएको सुनाए ।

काठमाडौ उपत्यका वरिपरि खिचिएको फिल्मको प्रस्तुतकर्तामा पूर्णी तामाङ छिन् । बिश्वास भण्डारीले छायांकन तथा सम्पादन रहेको फिल्ममा सोमलाल बाइवा र बिनय केटुको संगीत छ ।

राज गोलेले द्धन्द्ध निर्देशन गरेको फिल्मको कोरियोग्राफी अभि लामाले गरेका हुन् ।

https://www.youtube.com/watch?v=6mEOtLv7RLE

प्रतिक्रिया दिनुहोस्