अनामनगर विष्फोटः विप्लवका विद्यार्थी नेता घाइते अवस्थामा पक्राउ, ’विप्लव’ समूहको संलग्नता रहेको अनुमान

काठमाडौं, जेठ १२ । काठमाडौंको अनामनगरमा भएको बम विष्फोटस्थलबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका विद्यार्थी नेता रविन केसी पक्राउ परेका छन् ।उनलाई प्रहरीले घाइते अवस्थामा पक्राउ गरेको हो ।

नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) त्रिचन्द्र क्याम्पस इकाई कमिटीका अध्यक्ष समेत रहेका केसीको अहिले राजधानीको वीर अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।

यसैबिच राजधानीको घट्टेकुलोमा आइतबार दिउँसो भएको बम विष्फोटमा नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपाको संलग्नता रहेको प्रहरीले अनुमान गरेको छ।

घटनास्थलमा ’विप्लव’ समूहको पर्चा भेटिएपछि उक्त समूहको संलग्नता रहेको आशंका गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए।

उनका अनुसार घटनास्थलमा ’भोलिको बन्द सफल पारौं’ भन्ने नारासहितको पर्चा भेटिएको थियो।

विष्फोट घरभित्रै गराइएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

प्रतिक्रिया दिनुहोस्