बम ‘बनाउँदा बनाउँदै’ विस्फोट: विप्लवको पर्चा भेटियो

काठमाडौं, जेठ १२ । घट्टेकुलोको घटनास्थलबाट प्रहरीले विप्लवको बन्द सफल पार्न आह्वान गरिएको पर्चासमेत फेला पारेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले बम तयार गर्दैगर्दा विस्फोट भएको आशंका गरेको छ। सिलिन्डर पड्किएको प्रहरीको निष्कर्ष छ। बम डिस्पोज लागि नेपाली सेनाको टोली घटनास्थलमा पुगिसकेको छ।

प्रहरीले दुवै घटना नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले सोमबारका लागि आह्वान गरेको नेपाल बन्दको तयारीका लागि विस्फोटक पदार्थ तयार गर्न क्रममा घटना भएको हुन सक्ने जनाएको छ।

मृतक तीनै जनाको सनाखत हुन सकेको छैन। घाइतेको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्