सगरमाथा आरोहणका क्रममा मृत्यु हुनेहरुको संख्या १० पुग्यो, ८ हजार माथिका हिमालमा २० को मृत्यु

काठमाडौं, जेठ १२ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा आरोहणका क्रममा मृत्यु हुनेहरुको संख्या १० पुगेको छ ।

उपयुक्त सिजन भएकाले आरोहीहरुको अहिले सगरमाथामा चढ्नकोे भिड बढेको छ । चढ्ने र ओर्लिने आरोहीहरुको संख्या अत्यधिक बढ्दा बाटोमा घण्टौं रोकिनुपर्ने बाध्यता हुने गरेका कारण पनि कतिपय आरोहीहरुको मृत्यु हुने गरेको छ ।

सगरमाथामा आरोहणका क्रममा मृत्यु हुनेहरुको संख्या १० पुगेको अधिकारीहरुले जनाएका छन् ।

यसैबिच ८ हजार मिटर उचाइ माथिका हिमाल आरोहणका क्रममा यो याममा मात्रै २० आरोहीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। अप्रिलदेखि जुनसम्मको स्प्रिङ सिजनमा हालसम्म २० आरोहीको मृत्यु भएको हो।

मन्त्रालयका अनुसार सगरमाथामा १० जनाको मृत्यु हुँदा ८ हजार उचाइ माथिका अन्य हिमालहरु मकालुमा ४, कन्चनजंघामा ३ तथा ल्होत्से, अन्नपूर्ण र चोयूमा एकरएक जनाको आरोहणका क्रममा मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्