लोकप्रिय गायक पुश्कल शर्माको नयाँ उत्कृष्ट गीत सुपारीका दाना सार्वजनिक (भिडियोसहित)

कठमाडौं, जेठ १० । लोकदोहोरीमा निकै राज गरिरहेका तिनै लोकप्रिय गायक तथा सर्जक पुश्कल शर्माको नयाँ गीत सुपारीका दाना सार्वजनिक भएको छ ।

निकै फरक धारको उक्त गीत भर्खर मात्र सार्वजनिक भएको हो । सधै अरुलाई रुवाउने तिनै सेन्टी गीतका राजा पुश्कल शर्माको यो गीत निकै नै मन छुने बनेर बजारमा आएको छ ।

गीत मा पछिल्लो समयकी चर्चित गायिका मेलिना राई र स्वयमं पुश्कल शर्माको आवाज रहेका छ । गीतमा निकै मौलिकता झल्केको पाईने उनले बताएका छन् ।

पुश्कल शर्माको लय तथा शब्द सिर्जना रहेको सो गीतमा मोडल सारिका केसी र पुश्कल शर्माको अभिनय देख्न सकिन्छ ।

गीतको काजिश श्रेष्ठले निर्देशन गरेका हुन् भने दिपक विष्टले सम्पादन गरेका हुन् ।
अरु गीतहरु जस्तै यो गीतलाई पनि सबैले मन पराइदिनेमा आफुहरु आशवादी रहेको पुश्कल शर्मा बताएका छन् ।

विगतमा रुवाउने गीत सार्वजनिक गर्ने शर्मालाई यो पटक भने स्रोता दर्शकले फरक रुपमा रुपमा देख्न सक्ने भएका छन् । यस भन्दा अगाडीका उनका हरेक गीत सा्रता दर्शकले मन पराउदै आएका छन् । र यो गीतलाई पनि माया गरिदिनु हुने छ भन्ने उनले विश्वास लिएको बताएका छन्

प्रतिक्रिया दिनुहोस्