मिडिया काउन्सिल विधेयक फिर्ता हुँदैन: मन्त्रि बास्कोटा, यस्ता छन् मन्त्रिपरिषद् बैठकका १६ निर्णय (पूर्णपाठ सहित)

काठमाडौं, जेठ ९ । मन्त्रिपरिषदको गत जेठ ६ गते बसेको बैठकले गरेका विभिन्न १६ वटा निर्णयहरु सार्वजनिक गरिएको छ ।

सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका हुन् ।

यस्तै सरकारले मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता नहुने प्रष्ट्याएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मिडिया काउन्सिल विधेयक आफ्नो प्रक्रियामा अघि बढ्ने बताउदै “कसैको दबाब र स्वार्थमा मिडिया काउन्सिल विधेयक परिवर्तन हुदैन आवश्यक कुराहरु ग्रहण गरिन्छ तर विधेयक भने फिर्ता हुदैन उनले भने ।”

‘व्यवसायिक शुद्धता, सुरक्षा, मर्यादा र अभिव्यक्ति वा लेखन स्वतन्त्रतालाई सुनिश्चित गर्ने हिसाबले आउने कुनै पनि सकारात्मक कुरालाई हमेसा स्वागत गर्छौं, भनेकै छौं, तर फिर्ता गर्ने कुरा हुँदैन, त्यसको आफ्नै प्रोसेसमा अगाडि बढ्छ’ उनले भने ।

तर सरोकारवालाले राखेको सुझाव भने विधेयकमा समेट्ने मन्त्री बास्कोटाले बताए । विधेयकमा चित्त नबुझेको कुरामा छलफल गर्न सकिने भन्दै उनले संसद नै सबैभन्दा ठूलो छलफलको ठाउँ भएको बताए ।

संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको भन्दै उनले संविधानले बर्खिलाप गरेको कुरा विधेयकमा नआउने स्पष्ट पारे । मन्त्री बास्कोटाले सरकार प्रेस स्वतन्त्रताको विपक्षमा नरहेको पनि बताए ।

प्रेसलाई सरकारको भजन गाऊ नभनेको भन्दै मन्त्री बास्कोटाले प्रेस जनता, नागरिक र पाठकप्रति नै उत्तरदायी हुनुपर्ने बताए । ‘सरकारको आलोचना गर्नुस्, तर मिसन नचाउनुस्, सहीलाई सही गलतलाई गलत भन्नुस्’ उनले भने ।

सरकारको नीति तथा कार्यक्रममा एक वर्ष्भित्र भूमाफियालाई कारबाहीको दायरामा ल्याउने उल्लेख भए बमोजिम आयोग गठन गरिएको बास्कोटाले पत्रकार सम्मेलनमा बताए ।


मन्त्रिपरिषद्ले मेलम्ची परियोजनाको सुरुङ निर्माणमा विशेष परिस्थिति सिर्जना भएकाले आयोजना पुरा गर्न बाँकी रहेका काम तत्काल अघि बढाउन आवश्यक प्रक्रिया तत्काल थाल्ने निर्णय भएको जनाकारी समेत दिए ।


यस्ता छन् मन्त्रिपरिषद् बैठकका १६ निर्णयहरुः

प्रतिक्रिया दिनुहोस्