भरतको परिणाम प्रारम्भिक नतिजा भाजपा सबैस्थानमा अग्रता

काठमाडौं, ९ जेष्ठ । विहान ९ बजेसम्म ६६ स्थानका मतगणनाको परिणाम प्रारम्भिक नतिजा बाहिरिएका छन् । यसमा सत्तारुढ भाजपाले धेरै सिटमा अग्रता लिइरहेको छ ।

बीबीसीको तथ्याकंमा यसबेलासम्म ६६ मध्ये ४० सिटमा भाजपा अग्रस्थानमा छ । त्यस्तै प्रमुख विपक्षी भारतीय राष्ट्रिय कांग्रेस १८ स्थानमा आग्रता लिइको छ । त्यस्तै बाँकी ८ स्थानमा भने अन्य पार्टीले अघि देखिन्छन् ।

बिहान ८ः४४ सम्म पश्चिम बंगालमा टिएमसी अगाडि

बिहान साढे आठ बजेसम्मको नतिजा यस्तोः

दिल्लीस्थित कांग्रेस मुख्यालयमा पनि कार्यकर्ताले हवन गरिरहेको बीबीसी संवाददाता जÞुबैर अहमदले बताएका छन् ।

दिल्लीस्थित भाजपा अफिसमा अहिलेदेखि नै उत्साह

भाजपा अफिसमा नतिजा अघि नै मिठाई र पकवान तयार पारिएको छ । कार्यकर्ताले यहाँ हवन पनि गरिरहेका छन् । नतिजा सार्वजनिक हुन थालेपछि पार्टीका ठूला नेता पनि पार्टी कार्यालय पुग्ने अनुमान गरिएको छ । (बीबीसी संवाददाता नितिन श्रीवास्तव भाजपाको कार्यालयबाट)

आज बिहिबार विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देशको भावि सरकार कसले बनाउनेछ तय हुँदैछ । भारतका ९० करोड मतदातामध्य ६० करोडभन्दा बढीले चुनावमा सहभागीता जनाएका थिए । तिनले हालेको मत भोटिङ मेसिनमा सुरक्षित रहेकोमा आज परिणाम सार्वजनिक हुनेछ ।

यसपटकको चुनावी अभियान निकै कडा रह्यो । सन् २०१४ मा भारतीय जनता पार्टी (भाजपा) पहिलो पार्टी बनेको थियो जसले तीन दशकपछि स्पष्ट बहुमत पाएको थियो । यसपटक पुनः बिजेपी सत्ता हाँसिल गर्ने कोसिस गरिरहेको छ ।

नयाँ दिल्ली लोकसभा सिटका कांग्रेस उम्मेद्वार अजय माकनले भोटको गन्ती सुरु हुनु अघि नै कांग्रेसको जीतको दाबी गरेका छन् । उनले ट्वीट गरेर भने, ‘चुनाव नतिजा निश्चित रुपमा कांग्रेसको पक्षमा हुनेछ । हामीलाई आशा छ कि कांग्रेसकै जित हुनेछ र यसैले सरकार बनाउनेछ । राहुल गान्धी प्रधानमन्त्री हुनेछन् । दिल्लीमा लडाईं कांग्रेस र भाजपाबीच छ ।’

प्रतिक्रिया दिनुहोस्