त्रिवि शिक्षा आयोग खारेजीको माग, आयोगको मूलगेटमा धर्ना, सशक्त आन्दोलनको चेतावनी
काठमाडौं, जेठ ८ । त्रिभुवन विश्वविद्यालय शिक्षा आयोग खारेजीको माग गर्दै अखिल क्रान्तिकारी विद्यार्थी संगठले बुधबार आयोगको मूलगेटमा धर्ना दिएको छ ।
आयोगका ‘भ्रष्ट’ कर्मचारीलाई तत्काल बर्खास्त गर्न र अवैधानिकरुपमा प्रकाशित त्रिवि सेवा आयोगको परीक्षा खारेज गरिनुपर्ने भन्दै विद्यार्थी संगठनले धर्ना दिएको हो ।
धर्नामा ऐक्यबद्धता जनाउँदै देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले आयोगको गतिविधिले विश्वविद्यालयकै प्रतिष्ठामाथि आँच आएको भन्दै माग पूरा नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
विद्यार्थीको धर्नामा अखिल नेपाल किसान महासंघ क्रान्तिकारी, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन, क्रान्तिकारी युवा लिग, अखिल नेपाल महिला संघ क्रान्तिकारीलेलगायतले ऐक्यबद्धता जनाउँदै सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस्