पाँचथरको आरुबोटेमा ९ जनाको विभत्स हत्या, १२ वर्षीया बालीकाले यसरी जोगाए ज्यान

काठमाडौं, ७ जेष्ठ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको छ भने एक जना सख्त बालिका घाइते भएकी छिन् ।
गएराति एक परिवारको पाँच र अर्को परिवारको ४ गरी ९ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले बताएका छन् ।

हत्या हुनेहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन् ।

घाइते बालिकालाई भने उपचारका लागि अस्पताल लगिएको छ ।

सदरमुकामबाट करिब ३ घण्टाको दूरीमा पर्ने उक्त स्थानमा कसले र किन हत्या गर्यो भन्ने बारे अनुसन्धान भइरहेको पौडेलले जानकार दिए ।

७ जेठ, फिदिम । पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा २ परिवारका नौ जनाको हत्यामा मुकुन्डोधारी समूह संलग्न रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनाकी प्रत्यक्षदर्शी १२ वर्षीया बालीका सीता खुजुमले एक समूहले धारिलो हतियार प्रहार गरी अन्धाधुन्ध हत्या गरेको बयान प्रहरीलाई दिएकी छन् ।

सीताका अनुसार, धारिलो हतियारसहित आएका समूहका सबैले मुकुन्डो लगाएका थिए ।

अज्ञात समूहको निशानामा सीता खुजुम स्वयं पनि परेकी छन् । आक्रमणबाट उनको हात भाँचिएको छ । उनी भागेर ज्यान जोगाउन सफल भएकी छन् । उनको अवस्था गम्भीर रहेकाले उपचारका लागि प्रहरीको भ्यानमा राखेर फिदिम ल्याइएको छ ।

२ नातेदार परिवारको हत्या भएकाले पारिवारिक रिसिबी यसको कारण हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले झापाबाट प्रहरीको अनुसन्धान टोलीलाई बोलाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्