मिडिया काउन्सिल विधेयक विरुद्ध पत्रकार महासंघको दोस्रो चरणको आन्दोलन घोषणा, यस्तो छ, आन्दोलनका स्वरुप

काठमाडौं, ५ जेष्ठ । सरकारले दर्ता गरको मिडिया काउन्सिल विधेयककाप्रति आपत्ति प्रकट गर्दै आएको नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

महासंघले विभिन्न र्याली, छलफल सहित कालोपट्टि बाधेर गरेको आन्दोलनमा सुनुवाई नभएपछि सरकारले माग सम्बोधनमा गम्भीरता नदेखाएको भन्दै आइतबार बसेको महासंघको केन्द्रीय समितिको बैठकले दोस्रो चरणको विरोध कार्यक्रम घोषणा गरेको हो ।
महासंघको आन्दोलनको कार्यक्रम यस प्रकार रहेको छ :
महासंघले मिडिया काउन्सिलसम्बन्धी विधेयक संसदमा पेश हुने दिन विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । महासंघको जेठ ६ गतेदेखि सुरु हुने दोस्रो चरणको आन्दोलनको कार्यक्रम जेठ २५ गतेसम्म चल्नेछ ।

जेठ ६ र ७ गते महासंघका पूर्वअध्यक्षहरुसँग छलफल र परामर्श गर्ने, जेठ ८ गते संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीहरुको ध्यानाकर्षण गराउने, जेठ ९ देखि १२ गतेसम्म सञ्चार माध्यमका सम्पादकहरुसँग भेट गरी सञ्चार अभियान सञ्चालन गर्ने, जेठ १३ र १४ गते सांसदहरुसँग छलफल गर्ने महासंघको कार्यक्रम छ ।

त्यस्तै जेठ १६ गते प्रेस स्वतन्त्रता सेनानीसँग छलफल गर्ने, जेठ १८ देखि २० गतेसम्म महासंघको प्रतिष्ठान शाखा, र एसोसिएटहरुको आयोजनामा विधेयकका कारण समाचार कक्षमा पर्ने प्रभावबारे छलफल चलाउने, जेठ २३ र २४ गते राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अभिकारकर्मीसँग अन्तक्र्रिया कार्यक्रम गर्ने महासंघले जनाएको छ ।

जेठ २५ गते अपरान्ह ३ बजे काठमाडौंको वानेश्वरदेखि बबरमहलसम्म मानव हातेसाङ्लो बनाई बृहत प्रदर्शन गर्ने, काठमाडौं उपत्यकाबाहिर प्रदेश राजधानीमा पनि मानव हातेसाङ्लो बनाई प्रदर्शन गर्ने कार्यक्रम तय भएको महासंघका महासचिव रमेश विष्टले जानकारी दिए । यति गर्दा पनि सरकारको धायन नगएमा फेरी तस्रोचरणको कार्यक्रम घोषणा हुने छ ।

प्रतिक्रिया दिनुहोस्