त्रिशुलीमा बस दुर्घटना अपडेटः मृतकको संख्या पाँच पुग्यो, २९ जना घाइते

धादिङ, ५ जेठ । त्रिशुली नदीमा बस खसेर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । चार जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
धादिङको आदमघाटबाट यात्रुवाहक बस त्रिशुली नदीमा खसेर दुर्घटना भएको हो ।
ना ७ ख ४३८७ नम्बरको बस गजुरी नगरपालिका ६ बन्छेटार भन्ने स्थानमा दुर्घटना भएको थियो। बस सडकबाट त्रिशुली नदीमा खसेको थियो । बस काकडभिट्टाबाट काठमाण्डौ आउँदै गरेको थियो ।
बस जरेखेत भन्ने स्थान नजिक दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्