करेन्ट लागेर महोत्तरीमा एक जनाको मृत्यु भयो
काठमाडौ, ५ जेठ । शनिबार महोत्तरीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । महोत्तरीको सोनमा गाउँपालिका ४ गलरिया बस्ने राजाराम महतोका १८ वर्षीय छोरा शंकर महतो ज्यान गएको हो ।
शंकर शनिबार दिउँसो ३ बजे खेतमा पानी लगाउनको लागि मोटर चलाउन गएको बेला करेन्ट लागेको थियो । करेन्ट लागेर उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रहरीले पोस्टमार्टमको लागि शंकरको शवलाई जिल्ला अस्पताल महोत्तरीमा राखिएको र घटनाका विषयमा थप अनुसन्धान पनि भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्